काभ्रेको पनौतीबाट नगदसहित २१ जुवाडे पक्राउ
काभ्रे । जिल्लाको पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट गएराती जुवा–तास खेलिरहेका २१ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा २१ लाई पक्राउगरी रु ९३ हजार तीन सय १५ समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
पक्राउ परेकालाई इप्रका बनेपामा राखी आज म्याद थपको तयारी भइरहेको प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए । ख्याकूका रमेश थापाको घर–टहरामा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा राती प्रहरी टोलीले पक्राउ गरेको उनले जानकारी दिए ।
पक्राउ पर्नेमा सिरु चौधरी, शिव आलेमगर, दिपक तामाङ, सुशान्त महत, शिब खडका, कुमार श्रेष्ठ, बुद्धमान गुरुङ, दिपक थापा, रमेश थापा, अनिल भारती, रबिन नेपाली, युनिक के.सी, सुमित नगरकोटी, रन्जित कार्कि, अनिश खडका, बिशाल भण्डारी, निर्मल भण्डारी, सोम ब.लामा, निशेष भुजेल, श्याम कृष्ण खडका, कृष्ण सिलवाल रहेका छन् ।
प्रहरीले यसअघि बुधबार साँझ मात्रै पनौती–९ कुँवर गाउँबाट पाँच जनालाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । रु ९५ हजार नगद बरामद भएको उक्त समूहलाई मुद्धा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।