काभ्रेमा माेटरसाइकल चाेर्ने २ जना पक्राउ
काभ्रे । जिल्लामा माेटरसाइकल चाेरी गर्ने २ जना बारा जिल्लाबाट प्रहरीले पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार पक्राउ पर्नेमा बारा जिल्ला बारागढी गा.पा. वडा नं.४ बस्ने बर्ष २१ को अनिल चौधरी र रौतहट जिल्ला गुजरा नगरपालिका वडा नम्वर ६ बस्ने बर्ष २२ को विकाश चौधरी रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुले मिति २०८१।०७।०६ गते साँझ १७:३० बजेको समयमा बनेपा नगरपालिका वडा नम्वर ०८ स्थित सुरेश श्रेष्ठले संचालन गरेको नासिका अटो प्रा.लि.स्वरुमबाट बागमती प्रदेश ०२-०५२ प ६८१० नं. को सेतो निलो Hero XPULSE मोटरसाईकल चोरी गरेका थिए ।
उनीहरुलाई आइतबार बिहान ०८:०० बजेको समयमा इलाका प्रहरी कार्यालय, बनेपाबाट खटि गएको प्रहरी टोलीले जि.प्र.का. बाराको सहयोगमा पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । अभियुक्तहरुलाई बारा जिल्ला गडिमाई नगरपालिका वडा नं ४ स्थित प्रतिवादीको घरमा लुकाई राखिएको मोटरसाईकल सहित प्रतिबादीहरुलाई पक्राउ गरिएको जनाएका छ ।
उनीहरुलाई चोरी सम्बन्धि मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।