मंगलबार, बैशाख ०८, २०८३
बाढीमा बग्यो रोशीका ‘गौरवको आयोजना’

रोशी गाउँपालिका ११, कालढुंगामा रहेको तामाङ जातिको विशेषता झल्कने डम्फु जीवन्त संग्रहालय सहितको पार्क बगाएको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए । पालिकाका तत्कालीन अध्यक्ष डीबी लामाको पालामा सुरु भएको पार्कमा तामाङ जातिको रहनसहन, भेषभूशा, संस्कृति, रीतिरिवाज तथा तामाङ जातिको जनजीवनमा प्रयोग हुने सामग्री र तामाङ भाषाका पुस्तक राख्नेगरी निर्माण भएको थियो । करिब १४ करोड रुपैयाँ लागत अनुमान भएको संग्रहालय भवन निर्माणमा नेपाल सरकार ५ करोड तथा रोशी गाउँपालिका ३८ लाख ६९ हजार गरी हालसम्म पाँच करोड ३८ लाख ६९ हजार खर्च भइसकेकोछ ।

त्यस्तै रोशी गाउँपालिका १ खहरेपाँगुमा निर्माणधीन दश शय्याको अस्पताल निर्माणाधीन अवस्थामै रोशीखोलाको बाढीले बगाएको छ । नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत ६ करोड ५ लाख २४ हजार रुपैयाँ लागतमा बनेको अस्पताल निर्माणमा हालसम्म ५ करोड ६ लाख खर्च भइसकेको थियो ।

त्यस्तै रोशी गाउँपालिका वडा नं ११, कालढुंगामा रहेको औद्योगिक ग्रामको प्रशासनिक भवनसहितको संरचना पनि बाढीले बगाएको छ । नेपाल सरकार उद्योग मन्त्रालयको १ करोड ६८ लाख र रोशी गाउँपालिकाको ५४ लाख गरी २ करोड २२ लाख खर्च गरेर बनाईएको कम्पाउण्ड सहितको भवन उद्घाटनको तयारीमा रहेको रोशी गाउँपालिकाका इन्जिनियर भूपेन्द्र अधिकारीले जानकारी दिए । इन्जिनियर अधिकारीका अनुसार ग्रामभित्र २४ लाख रुपैयाँ लागतमा बनेको शीतभण्डार ३० लाख लागतमा बनाइएको खानेपानी समेत बगेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय