काभ्रेमा सुन र पैसाको लोभमा आफ्नै आमाको हत्या (भिडियो सहित)

काभ्रे । जिल्लामा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । रोशी गाउँपालिका-३ भञ्ज्याङगाउँ बस्ने ६९ वर्षीया माइली लामाको हत्या गरेको आरोपमा उनका २८ वर्षीय छोरा फुर्साङ लामालाई प्रहरीले पक्राउ गरेको हो ।

कात्तिक १६ गते अपराह्न सवा ४ बजे माइली आफ्नो घरको भान्सामा मृत भेटिएकी थिइन् । फुर्साङले कोठामा सुतिरहेकी आमाको सुनको औँठी  र नगदको लोभले सिलौटोको लोहोरोले हानेर अचेत बनाएको प्रहरीकाे अनुसन्धानबाट खुलेकाे छ ।

अचेत बनेकी आमालाई पुन: आग्लो प्रहार गरी हत्या गरेको आरोप उनीमाथि छ । घटनापछि उनी सुनको रिङ र नगद लिएर फरार भएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गर्न जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्‍न अनुमति पाएको छ ।

हेर्नुस् भिडियो:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस