काभ्रेको तेमालमा पहिरो पीडितहरुलाई राहत

काभ्रे । जिल्लाको तेमाल गाउँपालिका वडा नं २ बाढीपहिरोमा परेका पीडित ५० घरघुरीलाई अत्यावश्यक राहत सामाग्री हस्तान्तरण गरिएको छ ।

हिउँद सुरु भएसँगै पहिरोबाट घरवार विहिन भएका परिवारलाई स्वास्थ्यमा पनि समस्या नआओस भनेर अत्यावश्यक सामाग्री हस्तान्तरण गरिएको हो । पहिरो पिडितका लागि फाईबर सिरग, चामल, दाल, चिनी, तेल, साबुन, टालो, ब्रस, मन्जन, लगायतको सामाग्री वितरण भएको हो । भिसियन नेपालको आर्थिक सहयोगमा राहत वितरण गरिएको तेमाल गाउँपालिकाकाले उल्लेख गरेको छ ।

तेमाल गाउँपालिकामा पुर्ण क्षति, पहिरोले घरमा बस्न नमिल्ने भएको घर परिवार र उच्च जोखिममा रहेका ५० घरपरिवारलाई राहत वितरण गरिएको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व उर्जा राज्य मन्त्री काभ्रे क्षेत्र नं १ का संघीय सांसद सुर्यमान दोङ ( लालध्वज) को उपस्थितीमा राहत वितरण गरीएको हो । युवा नेता तथा समाजसेवी नेकपा माओवादी केन्द्र खानीखोला गाउँकमिटीका अध्यक्ष अविरल जिम्बाको पहलमा प्रभावित क्षेत्रमा लक्ष्यित गरि राहत वितरण गरिएको हो । जिम्बाको पहलमा करिब काभ्रे जिल्लाकै १३ वटा स्थानीय तहका पाँच हजार घरपरिवार भन्दा माथी राहत वितरण भैसकेको छ ।

प्रभावित क्षेत्रमा राहत वितरण सम्पन्न गरेसंगै आफ्नो पहल र विभिन्न संघ संस्था आफू स्वयम फिल्डमा खटी बस्ने घर निर्माण गरी दिने प्रतिबद्धता व्यक्त गरे । भिसियन नेपाल संस्थाले नेपाल सरकारले बाढीपहिरो संकट ग्रस्त क्षेत्र घोषण गरेका जिल्ला विभिन्न स्थानीय तहमा राहत सामाग्रीहरु, खानेपानी ट्याङ्की, विभिन्न निर्माण कार्यहरु गर्दै आएको मानवीय क्षेती भएका स्थानहरुमा नखद रकम हस्तान्तरण, राहत सामाग्रीहरु सहयोग गर्दै आएको भिसियन नेपाल संस्थाका उपाध्यक्ष राधा मताङ्गीले बताईन ।

राहत वितरण वडा नः २ वडा कार्यलयको प्राङ्गणबाट अध्यक्ष देबराज तामाङको रोहवरमा भएको हो । वितरण कार्यक्रम वाइसीएल नेपालका केन्द्रिय सचीव अबिलास तामाङ, स्थानीयहरु, जनप्रतिनिधिहरुको रोहवरमा राहत वितरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस