सबैको मनमा आहा! प्रभात, १६ औ वार्षिक साधारण सभा सम्पन्न

शनिबार बनेपा नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा सहकारीले एक बर्षमा गरेको सामाजिक, आर्थिक प्रगतीको प्रस्तुती दिइएको थियो ।

संस्थाका अध्यक्ष कपालीले संस्थाका शेयर सदस्यहरुको सिप, क्षमता योग्यताको पहिचान र वर्गीकरण गरी आवश्यतअनुसार योजना बनाई लगानीलाई उत्पादनसँग जोड्न सहकारीले काम गरिरहेको दाबी गरे । उनले भने जस्तै साधारण सभामा उपस्थित सेयर सदस्यले सहकारीबाट ऋण लिएर हासिल गरेको उपलब्धीको बारेमा जानकारी गराएका थिए ।

सहकारीको बेथितिका कारण काभ्रेमा पनि सहकारीहरु प्रति हेर्ने दृष्टिकोण फरक भएकाले सहकारी हेरेर मात्रै कारोबार गर्न उनले आग्रह गरे ।

संस्थाका सचिव सुमन चौ प्रधानले प्रगति प्रतिवेदन, कोषाध्यक्ष बलराम मानन्धरले आर्थिक प्रतिवेदनप्रस्तुत गरेका थिए । त्यसै गरी लेखा समितिको प्रतिबेदन संयोजक भरत दाहालले राखेका थिए । संस्थाको कुल शेयर पुजीं ७० लाख, बचत हिसाब ३ करोड २५ लाख ३५ हजार रहेको छ ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता, असली ऋणी, २०८० को एसईईमा उत्तिर्णलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष फिरोज शाक्यले राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस