काभ्रे । जिल्लाका प्रतिष्ठित व्यापारी र उद्योगीको स्थापना गरेको आवर स्ट्यान्डर्ड बचत तथा ऋण सहकारी संस्थाले ऐतिहासिक १२ आंै बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । सहकारीका जेष्ठ सदस्य गौरीशंकर मानन्धरको प्रमुख आतिथ्यतमा सहकारीका ८० प्रतिशतभन्दा धेरै सदस्यको उपस्थितीमा साधारण सभा सम्पन्न गरेको छ ।
बनेपाको पार्टी भेन्यूमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष रत्नकुश रंजितकारले सहकारीले एक बर्षमा गरेको प्रगतिको बारेमा आफ्नो प्रतिवेदन पेस गरे । उनले सहकारीमा समस्या आएपनि आफ्नो सहकारीले भने अघिल्लो बर्षमा भन्दा यो बर्ष अझै प्रगति गरेको बताए । सहकारीले सदस्यको आर्थिक हैसियत उकास्न काम गरिरहेको उल्लेख गरे । उनले सहकारीको साधारण सभामा सदस्यको लागि उपलब्ध गराइएको प्रगतिको विवरण पढेर सुझाव दिन अनुरोध गरे ।
सहकारीका उपाध्यक्ष ठाकुरप्रसाद बजगाईले स्वागत मन्तव्य राख्नुहुँदै सहकारीले सदस्यको आर्थिक हैसियत उकास्न काम गरिरहेको बताए । सहकारीका सचिव बुद्धभक्त रंजितले सहकारीले एक बर्षमा हासिल गरेको प्रगतिको विवरण पेस गरे । सहकारीका कोषाध्यक्ष सर्जुकुमार रंजितकारले आर्थिक विवरण, लेखा समितिको संयोजक सुदिना रंजित, प्रवन्धक राजाराम घोरासैनीले समग्र संस्थाको अवस्थाको बारेमा साधारण सभामा प्रतिवेदन पेस गरे ।
सहकारीमा रहेका दुई हजारभन्दा धेरै सेयर सदस्यसँग १२ करोड बचत संकलन गरेर १३ करोड ऋण लगानी गरेको छ । बार्षिक कारोबार १५ करोड २२ लाखको गर्न सफल सहकारीले सामाजिक उत्तरदायत्वि समेत बहन गर्ने गरेको छ । साधारणसभाको अवसरमा जेष्ठ सदस्य नानीमायाँ श्रेष्ठ र दानबहादुर मानन्धरलाई विशेष सम्मान गरिएको छ ।



















