काभ्रेको पाँचखालमा निशान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु

काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका–१३ कोशिदेखा लामिडाँडामा बिहीबार साँझ निशान मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

प्रहरी चौकी पाँचखालका अनुसार बिहीबार साँझ वालुवा खन्याएर फर्कदै गरेको  २२०२ नम्बरको  निशान मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ ।

प्रहरी चौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक किशोर बुढाथोकीले ट्रक दुर्घटनामा ट्रक चालक स्थानीय कुमार रोक्का र माइला रोक्काको मृत्यु भएको बताए ।

उनले ट्रकको लट नम्बर भने नखुलेको बताए । स्थानीय खानीबाट वालुवा लिएर आएको ट्रक वालुवा  खन्याएर घर फर्कने क्रममा सडकबाट करिब दुई सय मिटर तल खसेको छ।

‘घटनास्थलको प्रकृति हेर्दा ट्रक सडकमा माथि भागबाट नै भित्तोमा ठोक्किँदै ठोक्किँदै सडकबाट तल खसेको देखिन्छ, ट्रकको ब्रेक फेल भएको हो कि भन्ने अनुमान गर्न सकिन्छ’, प्रहरी निरीक्षक बुढाथोकीले भन्नुभयो।मृतक कुमार र माइला नजिकको दाजुभाइ रहेको स्थानीयबासीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस