आइतबार, बैशाख ०६, २०८३
सुनको मूल्य बढ्यो, चाँदी घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य  १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको हो।

बुधबार २ हजार २०० सय रुपैयाँले घटेर प्रतितोला सुन १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढेपनि चाँदी पनि घटेको छ।  यसदिन  ३० रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार प्रतितोला चाँदी १ हजार ९४० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय