मंगलबार, बैशाख ०८, २०८३
अर्यालले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहको जिम्मेवारी तोकिएका बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् । आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर भएका अर्यालले राजीनामा दिएका हुन् ।

अर्यालको सचिवालयले राजीनामा पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइसकेको बताइएको छ । आगामी मन्त्रिपरिषद् बैठकले उनको राजीनामाबारे निर्णय गर्नेछ ।

कात्तिक १४ मा भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्याल आइतबार राष्ट्रिय योजना आयोगमा हाजिर भएका थिए।

अर्यालमाथि अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । विशेष अदालतले सफाइ दिएपछि अर्यालको निलम्बन फुकुवा भएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय