काभ्रे । जिल्लाको धुलिखेल नगरपिालका वडा नम्बर ३ ले एसईई परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुलाई निःशुल्क ट्युसन कक्षाको सञ्चालन गरेको छ ।
वडाले अनिवार्य गणित र अनिवार्य विज्ञान विषयको निःशुल्क ट्युसन पढाउन लागेको वडाध्यक्ष गणेश आचार्यले जानकारी दिए । उनका अनुसार निःशुल्क कक्षा सुरु भई सकेको छ ।
वडाले यसअघि कक्षा १० मा अध्ययनरत विद्यार्थीका लागि निःशुल्क ट्युसन पढ्न कात्तिक २१ गते एक सूचना मार्फत निवेदन माग गरेको थियो । वडाध्यक्ष आचार्यका अनुसार १६ जना विद्यार्थीले निवेदन दिएका थिए ।
निःशुल्क पढ्नेमा कृतिका आचार्य, सपना पहरी, नम्रता विक, समिर गिरी, अंशु सोडारी, राहुल श्रेष्ठ, अरुण विक, सुदिर तामाङ, कोपिला ढुङ्गाना, प्राथना अधिकारी, प्रतिका प्रजा, दिपिका ठकुरी, सजना परियार, सपना प्रजा, रञ्जीता चेपाङ र प्रकृती घिमिरे रहेका छन् ।



















