सोमबार, बैशाख ०७, २०८३
काभ्रेको बनेपाबाट १५ जना जुवाडे पक्राउ, को-को परे ?

काभ्रे । जिल्लाको बनेपा नगरपालिका-५ घोगेचौरबाट १५ जना जुवाडे पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाले उनीहरुलाई आज पक्राउ गरेको हो । जुवा खालबाट १ लाख भन्दा बढी नगद समेत बरामद भएको इप्रका बनेपाले जनाएको छ ।

पक्राउ पर्नेमा बनेपा-५ का ३१ वर्षीय अनिल थापा, ३७ वर्षीय प्रदिप थापा, ४८ वर्षीय सुन्दर बानियाँ र ४० बर्षीय किरण थापा छन् ।

त्यस्तै सोही वडाका ३७ वर्षीय हिरा महत, ५० वर्षीय लिला कृष्ण थापा, ३५ वर्षीय रामप्रसाद सापकोटा, ४६ वर्षीय श्याम कृष्ण थापा, ३९ वर्षीय धिरेन केसी, ६१ वर्षीय सुरज थापा, ८७ वर्षीय राजाराम बानिया र ७३ वर्षीय कृष्ण बहादुर थापा छन् ।

इप्रका बनेपाका अनुसार खालबाट धुलिखेल नगरपालिका वडा नम्बर १ का २९ वर्षीय सानु कान्छा तामाङ र ४९ बर्षीय राम लाल तामाङ छन् । त्यसैगरी बनेपा नगरपालिका वडा नम्बर १ का राम प्रसाद लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय