सोमबार, बैशाख ०७, २०८३
काभ्रेको बनेपामा एक झुण्डिए, एक मृत फेला

काभ्रे । जिल्लाको बनेपामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपा–८ सिनागालका २१ बर्षिय अजय श्रेष्ठले गएराती झुण्डिएर आत्महत्या गरेका छन् ।

श्रेष्ठले गएराती आफ्नै चारतले घरको बीचतलास्थित झ्यालमा गलबन्दीको पासो लगाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । शिक्षकसमेत रहेका श्रेष्ठले आत्महत्याको कारणबारे अनुसन्धान भइरहेको कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश थापाले बताए ।

थापाका अनुसार बनेपा नपा–४ नालामा ५० बर्षका एक पुरुष मृत अवस्थामा भेटिएका छन् । सिन्धुपाल्चोक घर भई नाला बस्दै आएका गोपाल खड्का जस्तापाताको टहरोमा शुक्रबार विहान मृत अवस्थामा फेला परेको हो । खड्काको मृत्युबारे पनि छानविन सुरु गरिएको प्रनि थापाले जानकारी दिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय