मंगलबार, बैशाख ०८, २०८३
अनेरास्ववियु काभ्रे दुई धारमा: ओली र बाँस्कोटालको टिमले गरे छुट्टाछुट्टै समिति गठन

काभ्रे । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन काभ्रेपलाञ्चोकको ३१ औं जिल्ला अधिवेशन शुक्रबार बनेपामा संपन्न भएको छ ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काभ्रेपलाञ्चोकको ३१ औं जिल्ला अधिवेशनमा पार्टी अध्यक्ष केपी ओली र पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाको गुट आमने सामने भएका छन् । उनीहरुले बेग्ला बेग्लै जिल्ला कमिटी घोषणा गरेका छन् । आज र भोली दुईदिन अधिवेशन चल्ने भनेता पनि दुबै पक्षले केहीबेर अघि मात्रै सर्वसम्मत नेतृत्व चयन भएको भन्दै नाम सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

ओली पक्षले अधिवेशनबाट निराजन तिमल्सिनाको अध्यक्षतामा ३३ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित भएको घोषणा गरेको छ । निर्वाचन मण्डनका अध्यक्ष हेमराज हुमागाईले ३३ जनाको नाम सामाजिक सञ्जाल मार्फत घोषणा गरेका हुन् ।

यो समूहको उपाध्यक्षमा भिजन थापा, सुजन कोइराला र प्रजिता ढुंगाना, सचिवमा सुजन सापकोटा, सहसचिवमा सन्जिव हुमागाई, उत्कर्ष दाहाल र तृष्णा तामाङ, कोषाध्यक्षमा विनायक न्यौपाने निर्वाचित भएका हुन् । अधिवेशनले कार्यालय सचिबमा विकास योञ्जनलाई निर्वाचित गरेको छ ।

सदस्यहरुमा लक्ष्मी खकुरेल, पूजा खड्का, अरुण काफ्ले, सुमन प्याकुरेल, सन्जिव गिरी, अन्जना तामाङ, योसन तामाङ, सन्ध्या धिताल, अनिस नेपाल, सन्देश बोलखे, तारा तामाङ, रविना खड्का, सुजन बाला श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सर्मिला तिमल्सिना, राजदिप श्रेष्ठ, सुस्मिता तिमल्सिना, सलिना बन्जारा, मनिषा हुमागाई, विनायक न्यौपाने, सुपिद दाहाल, बुद्ध लामा, मनिषा तामाङ र निरु तामाङ सदस्यमा निर्वाचित भएको निर्वाचन मण्डनका अध्यक्ष हुमागाईले जानकारी दिए ।

त्यस्तै बाँस्कोटा समूहले दिपेश तिमल्सिनाको अध्यक्षतामा पदाधिकारी निर्वाचित भएको भन्दै नाम सार्वजनिक गरेको छ । अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडालले सार्वजनिक गरेको नाम अनुसार उपाध्यक्षमा सौगात अधिकारी, आयुष बडाल र सुजन सापकोटा, सचिबमा प्रवीण पौडेल, सहसचिवमा तिर्सना तामाङ, आभाष चौलागाई र उत्कर्ष दाहाल, कोषाध्यक्षमा प्रजिता ढुंगाना निर्वाचित भएका छन् ।

नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं पुर्वमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गरेको अखिलको जिल्ला अधिवेशनमा नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, अनेरास्वविुका केन्द्रिय सचिव सुजन कडरिया लगायत विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री बास्कोटाले अनेरास्ववियु सिकाईको विश्वविद्यालयको रुपमा रहेको बताउँदै विद्यार्थीको हक, अधिकारको रक्षा गर्दै अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाउँदै आएको बताए । उनले अनेरास्ववियुले चेतना, ज्ञान र निर्माणको झण्डा बोकेको बताए । उनले अखिलमा आवद्ध विद्यार्थीले समाज, परिवार, शिक्षा र भविष्यको बारेमा सकारात्मक सोच राख्न जरुरी रहेको बताए ।

यस्तै अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन गौतमको सभापतित्वमा भएको जिल्ला सम्मेलनमा जिल्लास्तरीय नृत्य प्रतियोगिता समेत आयोजना गरेको छ । नृत्य प्रतियोगितामा बेलर इन्टरनेश्नल एकेडेमी बनेपा प्रथम, क्षितिज अंग्रेजी स्कुल दोस्रो र एबिएम स्कुलले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय