सोमबार, बैशाख ०७, २०८३
काभ्रेमै सक्सेस अर्बाेड स्टडीको सुभारम्भ

काभ्रे । जिल्लाको बनेपामा सक्सेस अर्बाेड स्टडीको सुभारम्भ गरिएको छ । काभ्रेका विद्यार्थी वैदेशिक उच्च शिक्षा अध्ययनकोे तयारीका लागि काठमाडौं जाने बाँध्यताको अन्त्यको लागि बनेपामै सक्सेस अर्बाेड स्टडीको सुरुवात गरिएको संचालक शर्मिला तिमल्सिनाले बताईन ।

सोमबार (आज) एक कार्यक्रमका बीचमा शैक्षिक परामर्श संघका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई र नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानले संयुक्त रुपमा उद्घाटन गरे । अब उच्च शिक्षाको लागि कुनै पनि देश जानु पर्ने भएमा सक्सेस अर्बाेड स्टडीको एक मात्र विकल्प हुने संचालक तिमल्सिनाले उल्लेख गरे ।

आज बृहत शैक्षिक मेलाको आयोजना गरिएको छ । मेलामा जापानका शीर्ष संस्थाहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेट गर्न सकिनेछ भने सय जना विद्यार्थीलाई शत प्रतिशत छात्रवृत्ति उपलब्ध गराइएको छ । मेलाले वैदेशिक अध्ययनको योजना बनाइरहेका विद्यार्थीहरुको यात्रालाई नयाँ दिशा प्रदान गरेको छ । जापानीज भाषा विशेषज्ञहरुसँग निःशुल्क भाषा सिक्ने अवसर समेत प्रदान गरिएको छ ।

जापान, अष्ट्रेलिया, क्यानडा, युके, दक्षिण कोरियामा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श तथा सहजीकरण गर्दै आइरहेको छ । उक्त देशहरुमा जानका लागि निःशुल्क मास्टरक्लास समेत सञ्चालन गर्न लागिएको प्रबन्धक तिमल्सिनाले बताइन् ।

विद्यार्थी जान चाहेको देशको भाषा, संस्कृति, अवसर र चुनौतीका बारेमा पुर्व जानकारीका लागि मास्टरक्लास समेत सुरु गर्न लागिएको हो ।
काठमाडौंको बागबजारमा मुख्य कार्यालय रहेको सक्सेस् स्टडिले १० वर्षमा १ हजार भन्दा बढी विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि पठाएको शैक्षिक परामर्श केन्द्र नेपालका केन्द्रिय सचिव समेत रहेका सक्सेस् अब्रड् स्टडि काठमाडौंका प्रबन्ध निर्देशक भवनाथ हुमागाँईले बताए । सक्सेस् स्टडिको मुख्य कार्यालय काठमाडौंमा रहेको छ भने बनेपा, इटहरी र जापानमा शाखा कार्यालय छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय