गायक खनालको स्वरमा ‘हल्का हल्का पिउनुपर्छ’ गीत सार्वजनिक

काठमाडौं । गित संगित सुख दुखको साथी हो । हामीले दुख पर्दा होस वा सुख गित संगितको सहारा लिने गर्दछौ । अझै भनौ दुख पर्दा बढिनै गित संगित प्यारो लाग्ने गर्दछन ।
जीवनमा सधै सफलता हात पर्दैन । यहां असफलताका तमाम पर्खाल चढेर जीवन सफल पार्नु पर्ने हुन्छ । अस्थिर राजनीतिका कारण कहिले सेयर बजारमा मान्छे डुबेको छ त कहिले घरजग्गामा, कहिले व्यापार चौपट भएर छटपटाएको छ भने कहिले घर लिलामीमा चढेर मान्छे छटपटाएको छ । हो जब सबैतिर असफलता हात लाग्छ तब उ बाध्य भएर नसाको सहारा लिन पुग्छ । यस्तै यस्तै भावनालाई समेटेर तयार पारिएको गित हो…‘चोट हजार लाग्छन्, जिन्दगी हो हजुर जिउन जान्नुपर्छ, नजाने बिख जाने दबाई हो हजुर सराब पिउन जान्नुपर्छ’ ।
आफ्नो पहिलो प्रस्तुती “घात भयो”मा निक्कै सफलता हात पारेका गायक बालकृष्ण खनालले निक्कै मार्मिक गित निकालेका छन ‘हल्का हल्का पिउनुपर्छ’ । युवा गायक खनालले नयाँ गीत बिहीबार ‘हल्का हल्का पिउनुपर्छ’ आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।
‘चोट हजार लाग्छन्, जिन्दगी हो हजुर जिउन जान्नुपर्छ, नजाने बिख जाने दबाई हो हजुर सराब पिउन जान्नुपर्छ’ भन्ने भावसहित यसमा उनले आफ्नै स्वर र सङ्गीत दिएका छन् ।
उनले गीतमा भनेका छन् :
जिन्दगी हो.. उध्रि रहन्छ बेला बेला सिउनुपर्छ..
कहिले कसो मेसो मिल्दा हल्का हल्का पिउनुपर्छ..
पाकिस्तानी लोकगीतमा आधारित यसको शब्द रचना चितवनका दीपक बस्नेतले गरेका छन् भने भिडियोमा अर्जुन सापकोटा, गायक खनाल स्वयं र मेलिना सुवेदीलगायतका कलाकारले अभिनय गरेका छन् । कौवाली फेवरको उक्त गीतले सराब अर्थात् सोमरस थोरै पिए अमृतसमान र धेरै पिए बिखसरह हुन्छ भन्ने सन्देश दिएको छ ।
गायक खनालले यसअघि ‘घात भयो’ गीत युट्युबबाट सार्वजनिक गरेका थिए । आफ्नो पहिलो प्रस्तुती “घात भयो” श्रोताले अत्यधिक रुचाएकोमा खुशी हुदै, शास्त्रीय सङ्गीतमा आचार्य गरेका खनालले भने, “युवापिंढी र युग सुहाउँदो हल्का हल्का पिउनुपर्छ” बोलको गीत स्रोताले अत्यधिक रुचाउने अपेक्षा गरेका छन् ।
उनले गीतमा थपेका छन् :
इन्द्रेणीको रंगसँगै झुमिझुमी जिउनुपर्छ
घर–अफिस, अफिस–घर कति तनाव लिनुपर्छ
सुख–दुःख महसुस न हो जसोतसो जिउनैपर्छ
कहिले कसो मेसो मिल्दा हल्का हल्का पिउनुपर्छ….।