फोनिज काभ्रेको अध्यक्षमा पुनः इन्द्र बहादुर थापामगर

काभ्रे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रे ६ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट अध्यक्षमा पुनः इन्द्र बहादुर थापामगर सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा भेष बहादुर दनुवार, सचिवमा सनम सुवाल, सहसचिवमा विप्सना श्रेष्ठ र कोषाध्यक्षमा दल बहादुर लामा (डिबी) निर्वाचित भएका छन् ।

सदस्यहरूमा चेत बहादुर माझी, चन्द्र बहादुर लामा, सन्देश घले र अशोक बुद्ध लामा लगायत छन् । दुई जना महिला सदस्यपछि मनोनित गरिनेछ ।

बन्दसत्रले पेमा लामा संयोजक रहेको निर्वाचन समितिमा जीत बहादुर लामा र मानकाजी सुवाल सदस्य रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस