पत्रकार मानकाजी सुवाल सम्मानित
शनिबार, पौष २७, २०८१ | २१:५३:३७

काभ्रे । काभ्रेली पत्रकार मानकाजी सुवाल सम्मानित भएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पत्रकार सुवाललाई सम्मान गरेको हो। फोनिज काभ्रेको छैठौं अधिवेशनको अवसर पारेर सम्मान गरिएको सचिब सुरज श्रेष्ठले जानकारी दिए ।
पुरस्कारको राशी ५ हजार ५५५ रूपैयाँको छ । पत्रकार सुवाल फोनिजको संस्थापक सदस्य समेत हुन् ।
पत्रकार सुवाल विगत ३० वर्षदेखि काभ्रे जिल्लामा रहेर पत्रकारिता गर्दै आएका हुन् ।