सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, माघ ०४, २०८१ | ११:२८:२०

काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर एक लाख ५७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले बढेर एक लाख ५६ हजार ६ सय रुपैयाँ पुगेकाे थियाे । पछिल्लो तीन दिनदेखि सुनको भाउ लगातार उकालो लागेको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको एक हजार आठ सय ९० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ८० रुपैयाँ रहेको थियो ।