मंगलबार, बैशाख ०८, २०८३
धुलिखेलबाट थानकोटसम्म यात्रु बस सेवा सुरु हुँदै, महानगर यातायातले गुडाउँदैछ ४० वटा बस

काभ्रे । धुलिखेल-थानकोट रुटमा यात्रु बस सेवा सञ्चालन हुने भएको छ ।

माघ १० गतेबाट महानगर यातायात प्रालिले यो रुटमा यात्रु बस सेवा सञ्चालन गर्न लागेको हो ।

करिब ४१ किलोमिटर दूरीको यस रुटमा ४० वटा बस सञ्चालनको तयारी भइरहेको महानगर यातायात प्रालिका अध्यक्ष मधुसूदन उपाध्याय अधिकारीले जानकारी दिए ।

उनका अनुसार थानकोट गोदामबाट छुट्ने बस धुलिखेल अस्पतालसम्म पुग्नेछ ।

ती बस थानकोट गोदाम- चेकपोष्ट-सतुङ्गल-कलंकी-सानेपा-सातदोबाटो-कोटेश्वर-भक्तपुर-बनेपा-धुलिखेल हुँदै सञ्चालन हुनेछन् ।

२०७२ सालबाट सञ्चालन भइरहेको महानगर यातायातले हाल करिब ५० वटा बस काठमाडाैं चक्रथपमा गुडाइरहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय