मंगलबार, बैशाख ०८, २०८३
काभ्रेको महाभारतमा सामुदायिक वनमा भीषण आगलागी

काभ्रे । जिल्लाको खानीखोला र बेथाचोक गाउँपालिकाको सिमाना थामलेख (महाभारत) मा रहेको सामुदायिक वनमा भीषण आगलागी भएको छ । हिजो (मंगलबार) दिउँसो २ बाट लागेको आगो तत्काल निभाउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरी चौकी फलामेटारका प्रहरी सहायक निरीक्षक राम सागर महतोको अनुसार सामुदायिक वनको भिरमा आगो लागेकोले तत्काल निभाउन सकिने अवस्था नरहेको हो ।

स्थानीयको सहयोगमा आगो निभाउने पहल भएपनि सम्भावना कम रहेको महतोले बताए । जंगलमा आगो लागेपनि बस्तीमा भने आइनपुगेको प्रहरी सहायक निरीक्षक महत्तोले जानकारी दिए ।

बेथानचोक-१ बाट आगोको मुस्लो देखिएको स्थानीय गोपालकृष्ण सापकोटाले जानकारी दिए । ‘बेथानचोक नारायस्थनको डाँडापारी पट्टी डाँडै पिच्छे बलेको देखिन्छ, व्यापक धुवाँ निस्केको छ’, सापकोटाले भने ।

सिफारिस

ताजा समाचार

लोकप्रिय