मंगलबार, बैशाख ०८, २०८३
काभ्रे जिल्ला अदालतद्वारा ६ महिनामा ८२१ वटा मुद्धा फछ्यौट

काभ्रे । जिल्ला अदालतले अर्धवार्षिक समीक्षा गरेको छ । जिल्ला अदालतले आज चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनाको समीक्षा गरेको हो ।

जिल्ला प्रमुख न्यायाधीश मातृका प्रसाद आचार्य, न्यायाधीश प्रेमप्रसाद न्यौपाने र शिवकुमार पोखरेलको उपस्थितिमा सञ्चारकर्मीसंग समीक्षा गरिएको हो ।

अदालतका स्रेस्तेदार कर्ण बहादुर राईका अनुसार ६ महिनामा अदालतबाट ३४.४२ प्रतिशत मुद्धा फछ्यौट भएको छ । यो संख्या अघिल्लो वर्षको अर्धबार्षिक भन्दा थोरै कम हो। अघिल्लो वर्ष सोही अवधिमा ५८.८२ प्रतिशत मुद्धा फछ्यौट भएको थियो । चालु आर्थिक वर्षमा अदालतले ३ हजार ५६९ वटा मुद्धा फछ्यौट गर्ने लक्ष्य लिएको छ।

मुद्धाको मार्ग अनुसारको फाँट निर्धारण र स्वचालित पेशी ब्यवस्थापन गर्दा केही अलमल हुनु, न्यायाधीशहरुको सरुवा, कानून ब्यवसायीहरुको राष्ट्रिय सम्मेलन, तालिम, चाडवर्प बिदाका कारण मुद्धा फछ्यौटटमा कमी आएको हो।

त्यस्तै धेरै बादी, प्रतिबादी रहेको मुद्धामा बादी, प्रतिबादीहरुले तारेख गुजार्ने, कानून ब्यवसायीहरुले पेशी स्थागित गर्ने, अदालतका कर्मचारीहरुको ठूलो संख्यामा सरुवा र काज हुनु, बाहिरी जिलाको म्याद तामेलीमा बिलम्ब हुनु, परीक्षण प्रतिवेदन समयमा नआउनु, सरकारवादी मुद्धामा जाहेरवाला, सरकारी साक्षी, पक्राउपुर्जी तथा म्याद तामेली, वतन खुलाउने कार्यमा बिलम्ब हुनु मुद्धा फछ्यौट कम हुनुको मुख्य कारण रहेको अदालतले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय