बुडोल सामुदायिक साकोसको २६ औं स्थापना दिवस, देशभरीका उत्कृष्ट २० भित्र पर्ने सहकारी

काभ्रे । समुदायमा आधारित रहेर समुदायको हितमा निरन्तर अघि बढेको बुडोल सामुदायिक साकोसको २६ औ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी भब्यताको साथ सम्पन्न गरेको छ । जिल्लामा नमूना कारोबार गर्दै सदस्यहरुको विश्वास आर्जन गरिरहेको बुडोल सामुदायिक सहकारीमा आवद्ध सदस्यहरु आयआर्जन तथा आर्थिक उर्पाजन र स्वरोजारमा केन्द्रित भएका छन् ।
अध्यक्ष कैलाश केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष आमेदेवी मल्ल रहेकी थिईन । मल्लले सहकारीलाई सँगसँगै लिएर मात्रै विकास र समृद्धिको यात्रा अघि बढाउन सकिनेमा जोड दिईन । सहकारीका अध्यक्ष कैलाश केसीले सहकारीले समुदायमा आधारित रहेर सदस्यको हितमा कार्य गरिरहेको जानकारी दिए । उनले संस्थाले सदस्यको समस्या समाधान गराउन विशेष पहलकदमी गरेको र सदस्यसँगको सुझावको आधारमा कार्य गर्ने गरेको बताए ।
उक्त कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का बरिष्ठ उपाध्यक्ष जिबसराज खड्काले बुडोल सामुदायिक साकोस नेफस्कूनको नजरमा देशभरीका २० वटा राम्रा सहकारीमा बुडोल सामुदायिक साकोस पर्ने बताएका हुन् । उनीहरुले सहकारी क्षेत्रमा पु¥याएको योगदान तथा सदस्य केन्द्रित कारोबारबारे नेपालमै नमूना भएकोे बताउँदै सहकारीको विकासमा एउटा विश्व विद्यालय भएको बताए ।
सहकारीको विशेष समारोहमा दीर्घ सेवा पदक तथा सम्मानबाट अधिकृत इन्दिरा कार्की के.सी.लाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारी सम्मानबाट बरिष्ठ सहायक सागर कुँवरलाई सम्मान गरिएको थियो । सहकारीले यसै वर्ष देखि विशेष क्षमता (अपाङ्गता) भएका सदस्यलाई सहयोग घोषणा गरेको छ । संस्थामा आवद्ध रहेका सदस्यहरु मध्य क र ख श्रेणीको अपाङ्गता परिचय पत्र प्राप्त गरेका १५ जना सदस्यहरुलाई सहयोग उपलब्ध गराउने कार्यक्रमघोषणा गरिएको प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले जानकारी दिए ।
सो कार्यक्रममा जिल्ला सहकारी संघका अर्जुन सापकोटा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिका सागरनाथ कपाली, पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद कुमार न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
बार्षिकोत्सव कार्यक्रममा विद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगितामा विजयी हुनेहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा सर्वमंगला मा.वि., पाँचखाल प्रथम भएको थियो । आठ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको छ । बनेपाको भक्तेश्वर गोसाइकुण्ड मा.वि, बनेपा दोश्रो भयो । उक्त विद्यालयले नगद ६ हजार ६ सय ६७ रुपैया सहित प्रमाण पत्र प्राप्त गरेको छ । रत्नचुण्डेश्वर मा.वि, बनेपा नालाको विद्यालय तेश्रो भयो ।
उक्त विद्यालयले नगद ५ हजार ३ सय ३३ रुपैया सहित प्रमाणपत्र प्राप्त गरेको थियो । त्यस्तै सान्त्वना पुरस्कारशुभचामुण्डा मा.वि, बनेपा नालाले प्राप्त ग¥यो । उक्त विदालयले नगद चार हजार सहित प्रमाणपत्र प्राप्त गरेको थियो कार्यक्रममा उत्कृष्ट सदस्य तथा बाल बचतकर्ता सम्मान गरिएको छ । असल बचतकर्ता बसुन्धरा केसी र उत्सव केसी, उत्कृष्ट ऋणी मुनामाई दुलाल र प्रशान्त गिरी, उत्कृष्ट बाल बचतकर्ता रायना श्रेष्ठ र आयन गनेजु, अधिकतम संरक्षित पूँजीफिर्ता कोष तर्फबाट बन्दना न्यौपाने र दिपकरत्न शाक्य सम्मानित भएका छन् । नियमित रक्तदाता रामकुमार भुजेल र सुर्वण केसी सम्मानित भएका छन् ।
भुजेलले १० पटक र केसीले ५ पटक रत्तदान गरेका छन् । त्यस्तै बुसा शैक्षिक सम्मानबाट स्नातकोत्तर तहमा उर्तिण हुने अन्जना देवजु, पस्पा थापा, अप्सरा न्यौपाने र शर्मिला बडाल सम्मानित भएका छन् । स्नातक तह तर्फ शुभेच्छा श्रेष्ठ, गौतम आचार्य, अनिशा रञ्जितकार र रामहरी बुढाथोकी सम्मानित भएका छन् । दश जोड दुई तर्फ २६ जना सम्मानित भएका छन् ।