काभ्रेका ९ स्थानीय तहले सोनाम ल्होसारमा दिए सार्वजनिक विदा

काभ्रे । तामाङ समुदायको बाहुल्य रहेको जिल्लाका ९ पालिकाले सोनाम ल्होछार २०८१ का अवसरमा सार्वजनिक बिदा घोषणा गरेका छन् ।

तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने पर्व सोनाम ल्होछारको अवसरमा जिल्लाका नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका साथै रोशी, तेमाल, बेथानचोक, महाभारत, खानीखोला, भुम्लु र चौरीदेउराली गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

माघ १६, १७ र १८ गते बिदा दिने निर्णय ती पालिकाले गरेका हुन् । माघ १६ गते शहीद दिवस र १७ गते संघीय सरकारले पनि ल्होछारका अवसरमा सार्वजनिक बिदा दिएकोमा स्थानीय सरकारले अतिरिक्त एक दिन सार्वजनिक बिदा घोषणा गरेका हुन् ।

तामाङ समुदाय बाहुल्य जिल्लाका सबै स्थानीय तहमा सोनाम ल्होछार मनाउने गरिन्छ । तामाङ समुदायले यो वर्ष २८६१ औं सोनाम ल्होछार (डुल/सापुख्री) अर्थात् सर्प वर्ष मनाउँदैछन् ।

यसैगरी आगामी माघ १७ गते काभ्रेका धेरै स्थानमा ल्होछार कार्यक्रम राखिएको छ । शंखुपाटीचौरमा शान्ति बुद्ध छोर्बा समाजले बृहत् सास्कृतिक कार्यक्रमसहित ल्होछार मनाउन लागेको आयोजक समितिका अध्यक्ष बुद्धबहादुर तामाङले जानकारी दिए ।

तामाङ समुदायको बाहुल्य रहेको स्थानहरू रोशी, तेमाल, बेथानचोक, महाभारत, खानीखोला लगायतका क्षेत्रहरुमा समेत ल्होछार कार्यक्रमको राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस