समाजवादी प्रेस संगठन काभ्रेका अध्यक्ष चौलागाँईद्वारा राजीनामा
सोमबार, माघ २१, २०८१ | २३:०५:२०

काभ्रे । नेकपा एकीकृत समाजवादी दलको भातृ संगठन समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य एवं काभ्रे अध्यक्ष सन्तोष चौलागाईले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत पत्र सार्वजनिक गर्दै राजीनामाको घोषणा गरेका हुन्।
राजीनामा पत्रमा चौलागाईले लेखेका छन्, “मैले आजकै मितिबाट समाजवादी प्रेस संगठन नेपाल र नेकपा एकीकृत समाजवादीसँगको आवद्धता अन्त्य गरेको छु।”
साथै, उनले संगठनको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य तथा पार्टीको जिल्ला कमिटी सदस्य जस्ता जिम्मेवारीहरूबाट समेत राजीनामा दिएको स्पष्ट पारेका छन्।