आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?
मंगलबार, माघ २९, २०८१ | ११:१०:२२

काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबारको तुलनामा रु ६ सयले बढ्दै एक लाख ७० हजार २ सय कायम भएको छ ।
सोमबार तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार १ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९४५ मा कारोबार भएको हो ।