श्रीदेवको पोड कास्ट
मंगलबार, माघ २९, २०८१ | १३:२९:४७

काठमाडौँ । पुराना आफ्नो सञ्चार क्षेत्रलाई सम्झी अभिनेता श्रीदेव भट्टराईले श्रीदेव पोड कास्ट ल्याउने भएका छन्।
बुधवारबाट प्रसारण गरिने कार्यक्रममा समाजमा कार्य गर्ने कुनै पनि क्षेत्रको ब्याक्तित्वहरु सङ्ग अन्तरङ्ग कुराकानी हुने जनाइएको छ । केही समय सञ्चार जगत्, नाटक, मोडलिङ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरी अविरल रूपमा आफ्नो कला प्रस्तुत गरिरहेका भट्टराई सङ्ग धेरै अनुभवहरू छन् ।
पछिल्लो समय अभिनय का साथै मोडलिङ, विदेशी कार्यक्रममा व्यस्त हुँदै गर्दा यो कार्यक्रमले थप ऊर्जा मिलेको बताएका छन् । आर बि डिजिटल प्रा.ली ले पकेट टि भि युट्युब च्यानल मार्फत प्रसारणमा आउन लागेको कार्यक्रमको निर्माता, निर्देशक बिजय भुर्तेल रहेका छन् ।