मंगलबार, बैशाख ०८, २०८३
राष्ट्रिय सभाध्यक्ष दाहाल र लालध्वजको भेट, काभ्रेको समस्या उठाउन माग

काभ्रे । माननीय सूर्यमान दोङ (लालध्वज ) ले काभ्रेली जनताको समस्या बोकेर राष्ट्रिय सभाध्यक्ष सम्माननीय नारायण दाहाललाई भेटेका छन् । भेटमा उनले काभ्रेको कृषि समस्या, बाढी पहिरोले क्षति संरचनाहरू पुननिर्माणको कुराहरू उठाउएका थिए ।

दोङले काभ्रेको पाँचखालका किसानहरूले तरकारीका मूल्य कहिले नपाउने र भारतीय तरकारीहरू आउँदा सधैँ मूल्य पाउने पनि प्रश्न उठाएका थिए ।

धेरै समयदेखि धुलिखेल खावाको बाटो नबनेको कारण आफूलाई जनताले सधैं बाटो कहिले बन्छ भन्ने प्रश्न गरिराख्ने र चाँडो भन्दा चाँडो धुलिखेल खावाको बाटो बन्नु पर्यो र बाढीले क्षति गरेका बीपी हाइवे लगायतका सम्पूर्ण संरचनाहरू चाँडोभन्दा चाँडो नबने बर्खामा जनताले दुःख पाउने पनि व्यक्त गरे ।

उनले सूर्यविनायक धुलिखेलसम्म बनिरहेको राजमार्गका कारण सहर क्षेत्रहरूमा धुलोले जनताहरूले दुःख पाएको र बजार क्षेत्रमा चाँडो निर्माण गर्नको लागि पनि जोड दिए ।

सभाध्यक्ष नारायण दाहालले आफूले सकेको सहयोग गर्ने र यही १२ गते आफू सिन्धुपाल्चोक बलेफीमा कार्यक्रममा जानुपर्ने बाटो यही पर्ने कारण अनुगमन पनि गरेर जाने प्रतिबद्धता दिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय