मंगलबार, बैशाख ०८, २०८३
फ्रीडम टु लर्न, नेपालको आयोजनामा बेथानचोकको कृष्णगोपाल स्कुलमा “शिक्षामा कचहरी” नाटक (फोटो फिचर)

काभ्रे । फ्रीडम टु लर्न, नेपालको आयोजना, फ्रीडम टो लर्न, युकेको सहयोग र बेथानचोक गाउँपालिकाको सहकार्यमा कृष्ण गोपाल माध्यमिक विद्यालयमा शिक्षामा कचहरी नाटक तथा बृहत संवाद कार्यक्रम आयोजना गरिएको छ ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कृष्णगोपाल बिद्यालयका प्रधानाध्यापक ओमप्रसाद तिमल्सिनाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, वडा नम्बर ३ का वडाअध्यक्ष कुवेर ढकाल, नाटक निर्देशक सुरेश चन्द लगायतले शैक्षिक गुणस्तर सुधारका लागि भइरहेका प्रयास र चुनौतीका बारेमा धारणा राखेका थिए । छिमेकी विद्यालयका शिक्षक, विद्यार्थीले समेत नाटक अवलोकन गरेका थिए ।

सामुदायिक विद्यालयमा अध्यनरत बालबालिकाहरुले आफ्नो घरमा, समुदायमा र विद्यालयमा दैनिक अध्ययन सम्बन्धी आफैले भोगेका समस्या जानकारी दिने र समस्या समाधानको प्रयत्न गर्ने उद्देश्यले सरोकारवाला सँग बृहत संवाद गरिएको हो ।

संवादमा विद्यालयमा अध्यनरत कक्षा ६, ७ ८ र ९ मा अध्यनरत बालबालिकाहरुले कचहरी नाटक मार्फत उनिहरुले घर/विद्यालय आउँदा जाँदा, समुदायमा र कक्षा कोठामा के कस्ता समस्याहरु भोगिरहेका छन् भन्ने विषय प्रस्तुत गरेका थिए । फ्रिडम टु लर्न नेपालको सहयोगमा बालबालिकाहरुले २१ हप्ताको तयारी पछि उक्त नाटक प्रस्तुत गरेका हुन् । नाटक मार्फत शैक्षिक सामग्रीको आवश्यकता, कुकुरको डर, लैङ्गिक भेदभाव, शिक्षकहरुको अनुपस्थि लगायतका विषय नाटकमा दर्शाइएको थियो ।

कार्यक्रममा कृष्ण गोपाल माध्यमिक विद्यालयका प्रध्यानाध्यापक ओम प्रसाद तिमल्सिना, विद्यालय ब्यबस्थापन समिति अध्यक्ष कुमार सञ्जेल लगायतले नाटकले विद्यार्थीहरुले भोग्नु परेको बास्तविक समस्या उजागार गरेको बताएका थिए ।

कार्यक्रममा फ्रिडम टु लर्न नेपालका प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण थापाले संस्थाले सामुदायिक शिक्षाको गुणस्तर अभिबृद्धिमा सघाउ पु¥याउने उद्देश्यले ६ महिना देखी बेथानचोक गाउँपालिकाका ३ वटा विद्यालयमा शिक्षामा कचहरी कार्यक्रममार्फत काम गर्दै आएको बताए । श्रीकृष्णगोपाल मावि, पार्वती मावि र सरस्वती माविमा उक्त कार्यक्रम गर्दै आएको थापाले जानकारी दिए ।

कार्यक्रम पश्चात विद्यार्थीहरुमा परिवर्तन आई शिक्षामा गुणस्तर बृद्धिमा सहयोग पुगेको थापाले बताए । शिक्षामा कचहरी कार्यक्रम फागुन १५ गते सरस्वती माविमा र फागुन १९ गते पर्वती माविमा हुने समेत थापाले बताए । कार्यक्रम संस्थाका अध्यक्ष निर्मल शर्माको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम फ्रिडम टु लर्न नेपालका अध्यक्ष निलम कुमार शर्माको सभापतित्वमा भएको थियो ।

तस्बिरहरु: 

सिफारिस

ताजा समाचार

लोकप्रिय