सोमबार, बैशाख ०७, २०८३
भेटियो निशाको कंकाल, हत्यामा संलग्न एकजना पक्राउ

काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिका ११ की निशा लामाको कंकाल हराएको ५ महिनापछि पाँचखालमा भेटिएको छ । उनको हत्याको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

३८ वर्षकी निशा लामा गत असोज १५ गतेदेखि हराएकी थिइन् । असोज १५ गते औषधी खरिदका लागि निशा घरबाट तामाघाट जान्छु भनेर हिडेकी थिइन् । तर, घर नफर्केपछि उनका पति राइफल लामाले प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए ।

निशाको कंकाल हिजो फागुन १४ गते दिउँसो २ बजे पाँचखाल नगरपालिका वडा नं. ३ मा रहेको काफ्लेडिही नजिकैको जंगलमा फेला परेको थियो । कंकालसँगै ब्याग, चप्पल र व्यागभित्र निशा लामा लेखिएको बिल फेला परेको थियो । उक्त कंकाल आफ्नी श्रीमति निशाको भएको उनका पति राइफल लामाले सनाखत गरेका छन् ।

निशाको हत्या गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका वडा नं. ६ का ३६ वर्षीय सुनिल रञ्जितकारलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । रन्जितकारविरुद्ध निशाका पति राइफल लामाले जाहेरी समेत दर्ता गराइसकेका छन् ।

जाहेरीमा राइफलले जाहेरीमा पक्राउ परेका सुनिल रञ्जितकारले निशालाई बनेपामा भेटी ललाईफकाई गरी झुक्याएर काफ्ल्डिहीको जंगलमा लगेको उल्लेख गरेका छन् । सोही क्रममा निशाले आफूलाई जबर्जस्ती करणीको अभियोगमा फसाईदिन्छु भनेकाले आवेशमा आएर धारिलो हतियार र ढुंगाले टाउकोमा र संवेदनशिल अंगमा प्रहार गरेर हत्या गरेको सुनिलले स्वीकार गरेको जाहेरीमा उल्लेख छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय