काभ्रे । सामाजिक समस्या देखाउन र समाधानका लागि नाटक सहयोगी हुन सक्छ । त्यही भएर नै काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ०४, पार्थली स्थित श्री सरस्वती माध्यमिक बिद्यालयले “शिक्षामा कचहरी” नाटकमार्फत गाउँघरमा मादक पदार्थ सेवन र नकरात्मक प्रभाव, पारिवारीक झगडा लगायत अन्य समाजिक समस्या हटाउने प्रयास गरिरहेको छ ।
नाटकबाट मादक पदार्थ सेवन र नकरात्मक प्रभावले समाजमा समस्या निम्त्याएको समस्या र पारिवारिक झैंझगडाले बालबालिकामा पर्ने मनोवैज्ञानिक असर र गरिबीका कारण विद्यार्थीले भोग्नुपरेको विभेदलाई देखाउन खोजिएको छ ।
फ्रीडम टु लर्न, नेपालको आयोजना, फ्रीडम टो लर्न, युकेको सहयोग र बेथानचोक गाउँपालिकाको सहकार्यमा तयार गरिएको जनचेतनामूलक “शिक्षामा कचहरी” नाटक बेथानचोक गाउँपालिकाको विभिन्न सामुदायिक बिद्यालयमा प्रस्तुत भैरहेको छ ।
यसले समाजमा परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ । नेपाली समाजमा भएको समस्यालाई यथार्थ चित्रण गरेर कचहरी नाटक प्रस्तुत हुँदा सबैलाई राम्रो लागेको छ । सरस्वती माविमा विगत २१ हप्ता देखी शुरु भएको कक्षा ७, ८ र ९ मा अध्यनरत २५ जना विद्यार्थीहरुले प्रत्येक विहिबार अभ्यास गरिरहेका थिए ।
शिक्षा भनेको पढाई र लेखाईलाई मात्रै हेर्ने हो भने शिक्षा अपुरो हुने सरस्वती विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद अधिकारीले बताए । हामी भित्र रहेको मानविय स्वभाव, हाम्रा सम्बेदनाहरु, हाम्रा कला, हाम्रा भित्री प्रतिभा, सृजना र ब्यबहारीक क्रियाकालपहरु प्रस्फुटन गर्नु पर्ने र बाहिर देखाउनु पर्नेमा देखाउन नसकीरहेको अबस्थामा यस्ता कार्यक्रमबाट विद्यार्थीहरुमा क्षमता अभिबृद्धिमा सहयोग पुग्ने प्रधानाध्यापक अधिकारीले बताए ।
उक्त कार्यक्रम समुहमा मिलेर काम गर्नु पर्छ, एक अर्कालाई सहयोग र सम्मान गर्नु पर्छ भन्ने कुरा शिक्षामा कचहरी नाटकमा देखााउन खोजीएको फ्रिडम टु लर्न, नेपालका प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण थापाले बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा रानाले विद्यार्थीहरुले भोगेका समस्यालाई अभिभावक, शिक्षक र गाँउपालिका मार्फत समधान गरिने बताईन् ।
कार्यक्रममा बेथानचोक-०४ का वडाअध्यक्ष कृष्ण बहादुर लामा, विद्यालय ब्यबस्थापन समिति अध्यक्ष लालबहादुर श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
हेर्नुस् भिडियो:
यो पनि भिडियो हेर्नुस्:

























