सोमबार, बैशाख ०७, २०८३
काभ्रेको होटलमा एक महिला मृत फेला, हत्याको आशंका

काभ्रे । जिल्लाको बनेपामा एक महिला मृत भेटिएकी छन् । बनेपा नगरपालिका ८ मा रहेको होटल भ्यू पाहुना घरमा एक जना महिला मृत फेला परेकी हुन् ।

बिहीबार साँझ ५:३० बजेको समयमा उक्त होटलमा महिला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी डिएसपी ज्ञानबहादुर खड्काले जानकारी दिए । उनका अनुसार, प्रारम्भिक अनुसन्धानबाट मृत महिला रामेछाप घर भइ बनेपा-६ बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ हुन् ।

उनी बनेपाकै एक मेडिकलमा कार्यरत थिइन । घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय