मंगलबार, बैशाख ०८, २०८३
नेकपा माओवादी केन्द्र बेथानचोक गाउँपालिका कमिटीको अध्यक्षमा तारा राना

काभ्रे। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बेथानचोक गाउँपालिका कमिटीको अधिवेशनबाट दोस्रो कार्यकालका लागि तारा राना तिमल्सिना अध्यक्षमा निर्वाचित भएकी छिन् ।

शुक्रवार ढुंखर्कमा भएको भेलाले ताराको अध्यक्षतामा २२ सदस्य गाउँपालिका कमिटी सर्वसम्मत निर्वाचित भएको हो ।

बेथानचोकको तेस्रो गाउँ अधिवेशन गत माघ ५ गते सम्पन्न भएको थियो । केही प्राविधिक कारण नेतृत्व चयनमा ढिलाई भएपनि शुक्रवार सर्वसम्मत रुपमा चयन भएको हो। पालिका कमिटीको उपाध्यक्षमा प्रेमबहादुर लामा र कृष्ण बहादुर बि.क निर्वाचित भएका हुन् ।

त्यस्तै सचिबमा जगत बहादुर लामा, सह-सचिवमा चुडामणी तिमल्सिना र कोषाध्यक्षमा बेदप्रसाद तिमल्सिना निर्वाचित भएका हुन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय