मंगलबार, बैशाख ०८, २०८३
समाजसेवामा बुबालाई पछ्याउँदै अनिला, बुबाको सम्झनामा गरिन् सहयोग

काभ्रे । हुने विरुवाको चिल्लो पात भने झै बनेपाकी अनिला कायस्थले आफ्नो बुबाले गर्दै आउनुभएको समाजसेवालाई निरन्तरता दिँदै स्व. बुबाको नाममा सहयोग गरेकी छिन् । समाजसेवी अनिला कायस्थले स्कुलमा विद्यार्थी भाईबहिनीहरुको लागि स्टेसनरी सामान सहयोग गरेकी छिन् ।

जिल्लाको बनेपा नगरपालिका वडा नं ७ निवासी कायस्थले आफ्नो बुबा स्व. रामचन्द्र कायस्थको १७ औं वार्षिक पुण्य तिथिको अवसरमा आज जिल्लाको बनेपा नगरपालिका वडा नम्बर-५ स्थित बनेपा आधारभूत बिद्यालयमा अध्यापन गर्ने १२० जना बालबालिकालाई स्टेसनरी सामान सहयोग गरेकी हुन् ।

बुबाको वार्षिक पुण्य तिथिको अवसरमा स्कुलमा स्टेसनरीहरु कापी १४४० थान, पेन्सिल १०४० थान, बलपेन ३०० थान, कटहर, १७० थान र ईरेजर ९० थान गरि विभिन्न प्रकारका सामाग्रीहरु सहयोग गरेकी हुन् । बुबाको पुन्य तिथिको अवसरमा स्कुलमा सानो सहयोग गर्न पाउँदा खुशी प्राप्त भएको समाजसेवी कायस्थले बताईन् । कायस्थले यस अघि आफ्नो आमा/बुबाको वार्षिक पुन्य तिथिको अवसरमा जिल्लाका विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गर्दै आएकी छिन् ।

उक्त हस्तान्तरण कार्यक्रम बनेपा नगरपालिका वडा नम्बर ०५ का वडाअध्यक्ष बलराम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । अधिकारीले यस आधारभूत बिद्यालय सहयोग गरेको कायस्थ परिवारलाई धन्यवाद व्यक्त गरे ।

आफ्नो बुबाको पुन्य तिथिको अवसरमा स्कुलका विद्यार्थी बालबालिकाहरुलाई सहयोग गरेर साथ दिएकोमा सहयोगी एवं समाजसेवी अनिला कायस्थप्रति बिद्यालयका प्राध्यापक मिना कुमारी सेढाईले धन्यवाद व्यक्त गरे ।

उक्त कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष बलराम अधिकारी, समाजसेवी एव नेपाल समाजबादी पार्टीका केन्द्रिय प्रचार बिभागका प्रमुख सबर कुमार प्रजापति, समाजसेवी कायस्थका छोरीहरु अलिना श्रेष्ठ, अलिशा श्रेष्ठ, अभिलाशा श्रेष्ठ, नातिनीहरु एरिक मोक्तान र एफ्रिन प्रजापति लगाएतको उपस्थितिमा स्टेसनरी सामाग्री हस्तान्तरण गरेकी हुन् ।

तस्बिरहरू:

सिफारिस

ताजा समाचार

लोकप्रिय