सोमबार, बैशाख ०७, २०८३
काभ्रेको खानीखोलामा चिर्पट र चुप्पी प्रहारबाट दुई जना घाइते

काभ्रे । जिल्लाको खानीखोला गाउँपालिका–५ मा एक जना युवकले आफ्नी आमा सहित दुई जनालाई चिर्पट र चुप्पी प्रहार गरेका छन् ।  २८ वर्षीय विकाश भुजेलले आमा सुनमाया भुजेललाई चिर्पट प्रहार गरेका हुन् ।

उनले गाउँपालिकाको कार्यालयमा कार्यरत नगर प्रहरी ३० वर्षीय पाल्साङ लामालाई पनि चुप्पी प्रहार गरेका छन् । आक्रमणबाट दुवै जना घाइते भएका छन् । आक्रमणमा संलग्न  विकाश भुजेल लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सुनमायाको स्थानिय तालढुंगा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । पाल्साङलाई उपचारको लागी धुलिखेल अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिए ।

आक्रमणमा संलग्न विकाश भुजेल गाउँमा राँगा काट्ने काम गर्दै आएका थिए । उनले मादक पदार्थ सेवन गरेर आक्रमण गरेको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय