मंगलबार, बैशाख ०८, २०८३
“शिक्षामा कचहरी” नाटक, विपत्ति सम्झेर झस्किए बेथानचोकका विद्यार्थी

एउटा राम्रो पढ्ने बालकले अभिभावक गुमाउँदा कस्तो अवस्थामा पुग्छ भन्ने सन्देशसँगै विद्यालयमा देखिएका समस्या समाधान गर्न केन्द्रीत शिक्षामा कचहरी नाटकले बाढी पहिरोपछिको अवस्थाको यथार्त चित्रण गर्न खोजेको छ । आफ्ना बुबालाई खोज्दै टोलाउँदै यताउता भौतारिने बालकको पात्रजस्तै अरु बालबालिकामा मानसिक समस्या समाधानका लागि मनोपरामर्शदाताको आवश्यकता रहेको त्यहाँका विद्यार्थीले जोड दिएका छन् ।

बेथानचोक गाउँपालिकाको कृष्णगोपाल माध्यामिक विद्यालयका विद्यार्थीले स्कुल आउँदाजाँदा कुकुरले टोक्ने डर भएको कुरालाई जोड दिएका थिए भने सरस्वती माध्यामिक विद्यालयका विद्यार्थीले जाँड रक्सीको सेवनले पार्ने सामाजिक असर, जङ्गफुडले पारेको असरको बारेमा केही कुरा बाहिर ल्याउन खोजेका थिए ।

पार्वती माध्यामिक विद्यालयका विद्यार्थीले भने प्राकृतिक विपत्तिपछि विद्यार्थीले भोग्ने असर र विद्यार्थीलाई विद्यालयले समान अवसर नदिदा हुन सक्ने मानसिक तनावलाई बाहिर ल्याउन खोजेका थिए । विद्यालयमा शिक्षककै छोराछोरीले पहिलो अवसर पाउँदा अरु विद्यार्थीले अवसर नपाउँदा स्कूल जान नमान्ने छात्रालाई विद्यालय पठाउन अभिभावकले के गर्नु पर्ला भन्ने सन्देश कचहरीले दिएको थियो ।

प्रमुख अतिथी सांसद गोकुल बाँस्कोटाले विद्यार्थीलाई आकर्षित गराउन आवशिय शिक्षालाई जोड दिन आवश्यक रहेको बताए । सामुदायिक विद्यालयमा राज्यको लगानी भए पनि त्यसको सदुपयोगका लागि ध्यान दिन नसकिएको बताउँदै बालबालिकाहरुको सिकाई अनुभव बढाउन र सिकेको कुरालाई व्यवहारीक रुपमा प्रयोग गर्ने गरी वातावरण निर्माण गर्न सबै क्षेत्रको समन्वय आवश्यक रहेको उनले उल्लेख गरे ।

प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले अभिभावकहरुको मानसिकता सामुदायीक विद्यालय भन्ने वित्तिक्कै कमजोर हुन्छ भन्ने भास्य नै गलत हुन थालेको बताए । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथानचोक गाउँपालिकामा संचालन भईरहेको शिक्षामा कचहरी नाटक तथा शिक्षासँग सम्वन्धित कार्यक्रमले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवका ढकाल, पनौती नगरपालिकाका पुर्व नगर प्रमुख भिम न्यौपाने, शिक्षा कार्यालयका जंग भण्डारी र पासाङ लामा, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, पार्वती क्याम्पस प्रमुख राजेश तिमल्सिना लगायत क्याम्पसका विभिन्न जिम्मेवारीमा रहेका ब्यक्तिहरु, वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिनाको उपस्थिती थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय