काभ्रे । पत्रकारिताको विकासमा टेवा पुग्ने उद्देश्यले आज (मंगलबार) देखी काभ्रेको धुलिखेलमा ५ दिने लेखन तथा सम्पादन तालिम सुरू भएको छ ।
तालिम सुरू बागमती प्रदेश संचार रजिस्टार रेवती प्रसाद सापकोटाले पत्रकारिता क्षेत्रमा एउटा नयाँ आयामको विकास हुने अपेक्षा गरेको बताए । उनले पत्रकार समाजको ऐना भएको भन्दै यस क्षेत्रमा लागेका प्रत्येकले ऐनामा देखिने प्रष्टता जस्तै उनीहरुले पनि स्पष्ट रुपमा काम गरे समाजप्रतिको दायित्व बहन गर्न सकिने बताए ।
यसैगरि परिचयको क्रममा तालिमका प्रशिक्षक सुरेन्द्र पान्डेले पत्रकारितामा समाज परिवर्तन गर्ने क्षमता रहेको बताउँदै यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
तालिममा प्रशिक्षक विनोद ढुङ्गेलले व्यक्तिमा रहेको क्षमता र शीपलाई तिखार्ने काम गर्ने बताउँदै समाजको विकासमा पत्रकारिताको अहम भूमिका रहने तालिममा सहभागी पत्रकारहरुलाई प्रशिक्षण दिए ।
बागमती प्रदेश सरकार अन्तरिक मामिला तथा कानुन मन्त्रालय संचार रजिस्टर कार्यालयले सो ५ दिने लेखन तथा सम्पादन तालिमको आयोजना गरेका हुन । तालिममा विभिन्न जिल्लाका २३ जना सहभागिता रहेका थिए ।



















