काठमाडौं । संघीय संसद सचिवालयले दुई पत्रकारको संसद प्रवेश पास एक महिनाका लागि निलम्बन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको आरोपमा पत्रकार प्रकाश वली र किशोरकुमार श्रेष्ठको प्रवेश पास निलम्बन गरिएको हो ।
महासचिवस्तरीय निर्णय अनुसार पत्रकारद्वयको संसद प्रवेश पास निलम्बन गरिएको छ । संसद सचिवालयले पत्रकारलाई रिपोर्टिङका लागि प्रवेश पास प्रदान गर्दछ र सोही पास महासचिवस्तरीय निर्णयबाट निलम्बन गरिएको हो।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने, “पत्रकार आचारसंहिता, कार्यविधि र नियमहरूको पालना गर्नुपर्ने हुन्छ । यस उल्लंघनको कारणले उनीहरूको प्रवेश पास एक महिना निलम्बन गरिएको हो।”



















