काभ्रेमा एसईई २०८१ का लागि परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)

काभ्रे । शिक्षा विकास तथा समन्वय इकाई धुलिखेल काभ्रेले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सम्मिलित हुने परीक्षार्थीहरुको परीक्षा केन्द्र निर्धारण गरेको छ ।

निर्धारण गरिएको केन्द्रहरु सार्वजनिक गरिएको शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्रमुख देवका ढकालले बताईन् । एसईई परीक्षा २०८१ मा नियमित तर्फ ५ हजार ७ सय ८९ विद्यार्थी सम्मिलित हुनेछन् ।

ग्रेड बृद्धीका लागि ६ सय २ जना विद्यार्थी सम्मिलित हुँदैछन् भने प्राविधिक तर्फ १ सय ९६ विद्यार्थी सहभागि हुनेछन् । कुल विद्यार्थी ६ हजार ३ सय ९१ विद्यार्थी सहभागि हुनेछन् । ३४ वटा केन्द्रमा २ सय १६ वटा विद्यालयका विद्यार्थी सहभागि हुनेछन् ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय