समाचार लेखन तथा सम्पादन तालिम सम्पन्न

काभ्रे । बागमती प्रदेशको सञ्चार रजिस्ट्रार कार्यालयले आयोजना गरेको पाँच दिने समाचार लेखन तथा सम्पादन कार्यशाला आज (शनिबार) सम्पन्न भएको छ। तालिम फागुन २० गतेदेखि सुरु भएको भएको हो ।

पाँच दिने तालिम अवधिको समय कार्यशालामा बागमती प्रदेशका विभिन्न रेडियो, टेलिभिजन, अनलाइन मिडिया तथा पत्रपत्रिका संस्थामा कार्यरत रहेका २५ जना पत्रकारहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यशाला अवधिमा पत्रकारहरूले समाचार लेख्दा ध्यान दिनुपर्ने कुराहरू, समाचार सम्पादन गर्दा विशेष ख्याल गर्नुपर्ने कुराहरु, अन्तर्वार्ता लिने सही तरिका लगायतका विभिन्न विषयहरुमा छलफल अन्तरक्रिया भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि रहेका बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरज चन्द्र लामिछानेले बजेटले भ्याएसम्म सरकार परिवर्तन नभएसम्म आफूले गर्नुपर्ने काममा सधैं तत्पर रहने उल्लेख गरेका थिए। उनले यस कार्यशाला तालिमबाट खटिएका पत्रकारहरूले बागमती प्रदेशमा कार्यरत पत्रकारहरूले बनाउने समाचार निष्पक्ष सहित गुणस्तरिता हुनु पर्ने कुरामा विशेष जोड दिएका थिए ।

उक्त कार्यक्रममा मन्त्रालयका सचिव पूर्णबहादुर दर्जी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण शारु मगर, काभ्रे शाखाका अध्यक्ष बिनोद कुमार न्यौपाने  रहेका थिए भने सभाध्यक्षमा सञ्चार रजिस्ट्रार कार्यालयका रेवती सापकोटा रहेका थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय