
काभ्रे । काभ्रे तथा आसपासका जिल्लाका विद्यार्थीहरु जापान र कोरिया जानको लागि पहिलो रोजाई बनेपाको रीच इट लर्निङ सेन्टर परेको छ । रीच इट लर्निङ सेन्टर ले विद्यार्थीलाई गर्ने परामर्श, सिकाउने भाषा र व्यवहारसँगै भिषा पाउने रेट निक्कै राम्रो भएपछि विद्यार्थी र अभिभावकले निर्धक्क भएर सेन्टरबाट जापान पठाउने गरेका छन् । त्यसको प्रमाण स्वरुप आगामी अप्रिल ईन्टेकका लागि जापानमा अध्ययनको लागि सर्टिफिकेट अफ एलिजिविटी (सिओई) प्राप्त ६३ विद्यार्थीलाई भव्य कार्यक्रमबीच सेन्टरले बिदाई गरेको छ ।
शैक्षिक परामर्श संस्था रीच इट लर्निङ सेन्टरमार्फत आवेदन दिएर सिओई प्राप्त ६३ विद्यार्थीलाई संस्थाले बिदाई गरेको हो । २०२५ को अप्रिल इन्टेकको लागि आवेदन दिएका ७० मध्ये ६३ जनाको सिओई आएको रीच इट लर्निङ सेन्टरका प्रबन्ध निर्देशक रामसुन्दर थापाले जानकारी दिए । रिच इट काभ्रेमा सबैभन्दा बढी सर्टिफिकेट अफ एलिजिविटी पाउने संस्थामात्रै बनेको छैन सबैभन्दा विश्वासिलो र भरपर्दाे संस्थाको रुपमा विद्यार्थी र अभिभावकको रोजाईमा पर्न सफल भएको छ ।
कार्यक्रममा पायोनियर कम्पनी लिमिटेडका अध्यक्ष सुरेश चन्द्र उपाध्यायले विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै उज्ज्वल भविष्यको कामना गरे । उनले आफूहरुले दिने सेवा र विद्यार्थीलाई राम्रो र गुणस्तरीय कलेजमा अध्यापन गराउने काम गरिएको उल्लेख गरे । संस्थाका अध्यक्ष अमिर बुढाथोकीले जापान जानुअघि र गएपछि गर्नुपर्ने प्रकृया बारेमा सो अवसरमा विद्यार्थीलाई जानकारी गराए । रिच इटका सुजन सुवेदीले जापान अध्ययनका लागि जाने विद्यार्थीहरूको मार्गदर्शन गर्दै सफल शिक्षा यात्रा सुनिश्चित गर्ने प्रतिबद्धता जनाए । उनले बनेपाबाट जापान जान खोज्नेले रीच इट लर्निङ सेन्टर नै रोज्न अनुरोध गरे ।
समाजसेवी शंकर दास लामाले विदेश जाने विद्यार्थीहरूलाई कठिनाइहरू सामना गर्न मानसिक रूपमा तयार रहन सुझाव दिँदै विदेशमा अध्ययनको क्रममा अनुशासन र लगनशीलता अति आवश्यक रहेको बताए । पायोनियर कम्पनी लिमिटेडका निर्देशक सुबास रुपाखेतीले विद्यार्थीहरूलाई जापानमा सफल हुने तरिकाबारे मार्गदर्शन गर्दै जापानमा अध्ययन र काम गर्ने अवसरहरूका साथै त्यहाँको संस्कृतिसँग सामन्जस्य राख्नुपर्ने आवश्यकताबारे जानकारी गराए ।