मनकारी कृष्णदेव थापा, पटक-पटक गरे डेडीथुम्का माविका बालबालिकालाई सहयोग

काभ्रे । गरे के हुन् भन्ने उदाहरणको पात्र हुन मनकारी कृष्ण देव थापा । उनै थापाले  जिल्लाको मण्डनदेउपुर नगरपालिका -८ मा रहेको डेडीथुम्का माध्यमिक विद्यालयका सबै बालबालिकालाई दिवा खाजाको ब्यवस्थापन गरेका छन् । एक कार्यक्रममा विद्यालयका सबै बालबालिकाका लागि दिवा खाजाको ब्यवस्थापन गर्ने घोषणा गरेका हुन् ।

नेपाल सरकारले हाल कक्षा ५ सम्मका बालबालिकालाई मात्रै दिवा खाजा दिँदै आएको छ। थापाले कक्षा १० सम्म पढ्ने सबै बालबालिकालाई खाजाका लागि आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।

‘भाईले खाँदा दाई अथवा बहिनीले खाँदा दिदीले टुलुटुलु हेरिबस्नुपर्ने’ अहिलेको अवस्थालाई हटाउन कक्षा १० सम्मकै बालबालिकालाई खाजा खर्च उपलब्ध गराउन लागिएको बताए । बनेपा नगरपालिका- १२ मा जन्म लिएका थापा अहिले जर्मनमा होटल ब्यवसाय गर्दै आएका थापाले अघिल्लो पटक सबै बालबालिकालाई पोसाक वितरण गरेका थिए ।

दिवा खाजाको लागि मात्र होइन थापाकै सहयोगमा बालबालिकालाई खाजा खाना सहज बनाउने उद्देश्यले पक्की ट्रष्ट समेत निर्माण गरिएको छ । झण्डै २ लाख लगानीमा तयार भएको ट्रष्टको जर्मन नागरिक योहानेस र थापाले संयुक्त रुपमा उदघाटन गरे । ट्रष्ट उदघाटनसंगै थापाले अति आवश्यक परेका बालबालिकाका लागि ५० जोर जुत्ता प्रदान गरे ।

ट्रष्ट उदघाटन तथा दिवा खाजा घोषणा कार्यक्रम वडाअध्यक्ष निरञ्जन विष्टको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष विष्टले सहयोगले बालबालिकाको मुहारमा खुशी छाएको बताए । उन ले सहयोग प्रदान गरेका थापालाई विशेष धन्यवाद दिँदै अगामीदिनमा पनि सहकार्यको अपेक्षा राखे ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनिल सापकोटाले समाजसेवी कृष्ण देव थापाले प्रदान गरेको आर्थिक सहयोगबाट आगामी शैक्षिक सत्र २०८२ को बैशाख महिनादेखि सबै बालबालिकाका लागि दिवा खाजा खुवाउन सुरु गरिने जानकारी दिए । उनले डेडीथुम्का माविलाई नगरपालिकाभित्र मात्रै नभई जिल्लाकै नमुना विद्यालय निर्माण गर्न तर्फ आफ्नो ध्यान केन्द्रीत रहेको भन्दै यसमा साथदिन अभिभावकहरुलाई आग्रह गरे ।

जर्मन नागरिक योहानेसले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरण सुधार गर्न आवश्यक सहयोग गर्ने बचनबद्धता ब्यक्त गरे । उनले जर्मन र यो विद्यालयबीच पुलको काम गर्ने समेत उल्लेख गरे।

कार्यक्रममा जर्मन नागरिकहरुले क्यानटिनका लागि प्लेट, चम्चा प्रदान गर्नुका साथै कप खरिदका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । उनीहरुले बालबालिकालाई विभिन्न खेलाउनका सामग्री प्रदान गरेका थिए । विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षाको क्षेत्रमा काम गर्दै आएका विभिन्न ब्यक्ति, विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरु उपस्थित भएका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय