सोमबार, बैशाख ०७, २०८३
घट्यो सुनको मुल्य

काठमाण्डौ । अस्ति शुक्रवार एकैदिन तोलामा चार हजार रुपैयाँ बढेर कीर्तिमान बनाएको सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको हो ।

आज सुन तोलाको एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार सुनको भाउ तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले घटेर दुई हजार ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अस्ति शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार ५० रुपैयाँ रहेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय