एसईई–२०८१ का केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण

काभ्रे । माध्यमिक शिक्षा परिक्षा, कक्षा १० (SEE) – २०८१ को परीक्षा यही चैत ७ गतेबाट सुरु हुँदैछ । यसैलाई मध्येनजर गदै शिक्षा विकास तथा समन्वय इकाई काभ्रेले एसईई–२०८१ का केन्द्राध्यक्षका लागि आइतबार धुलिखेलमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ ।

एसईई परीक्षमा केन्द्राध्यक्षको दायित्प, काम, कर्तव्य तथा अधिकार के– कस्ता हुने र कसरी ब्यवस्थित एव) मर्यादित ढङ्गले परीक्षा सञ्चालन गर्ने भन्ने बारेमा जानकारी गराईएको थियो । जिल्लामा ३४ वटा केन्द्रमार्फत परीक्षा सञ्चालन हुँदैछ । जसमध्ये तीनवटा केन्द्रमा महिला केन्द्राध्यक्ष रहेका छन् । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं परीक्षा सञ्चलन समितिका संयोजकसमेत रहेका उमेशकुमार ढकालले एसईई परीक्षा मर्यादित एवं शान्त वातावरणमा सञ्चालन हुने बताए ।

उनले परीक्षा अनुशाशित तवरले ब्यवस्थित गर्न निर्देशनसमेत दिएका थिए । राजनीतिक दबाब र प्रभावबाट मुक्त हुनसमेत निर्देशन दिँदै निष्पक्ष परीक्षा सञ्चालनका लागि कुनै कानुनी त्रुटी भएमा सोही बमोजिम कार्वाही गरिने बताए । सो अवसरमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले विगतको एसएलसीभन्दा एसईईको परीक्षामा नतिजा कमजोर बन्दै गएको पाइएकाले स्थानीय तहमा शिक्षाका कतिपय अधिकार दिईंदासमेत नतिजा सुधारोन्मुख नहुनु दुखद रहेको बताए । उनले परीक्षा केन्द्र मर्यादित गर्न सुझावसते दिए ।

जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले सुरक्षाको तयारीका लागि परीक्षा केन्द्रहरुमा सुरक्षाकर्मी खटाउने काम अन्तिम चरण पुगेको बताइन् । उनले एक केन्द्रमा सात जनासम्म प्रहरी खटाइने जानकारी दिँदै खड्काले सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउँदै निर्धक्क परीक्षा सञ्चालन गर्न केन्द्राध्यक्षलाई आग्रह गरिन् । विद्यार्थी परीक्षा केन्द्रमा आवतजावत गर्दासमेत सुरक्षित रहनुपर्ने उल्लेख गर्दै खड्काले यसका लागि शिक्षक, अभिभावक तथा सरोकारवाला निकायले ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन् ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवका ढकालले विद्यालयलाई परीक्षाका लागि आवश्यक निर्देशिकासहितका सामाग्रीहरु उपलब्ध गराईएकाले सोही अनुसार गर्न आग्रह गरिन् । उनका अनुसार गतवर्ष ४० वटा परीक्षा केन्द्र कायम गरिएकामा यसवर्ष विद्यार्थी संख्याका आधारमा ६ वटा केन्द्र कटौती गरिएको छ । प्राविधिकतर्फ ११ दिन एसईई सञ्चालन हुने जनााइएको छ ।

ईकाइका अनुसार परीक्षामा एक जना दृष्टिविहिन, एक जना कारगारमा रहेका कैदी परीक्षार्थी सहभागी हुँदैछन् । यस्तै जिल्लामा एसईई परीक्षा २०८१ मा नियमिततर्फ ५ हजार ७ सय ८९ विद्यार्थी सम्मिलित हुनेछन् भने ग्रेडबृद्धीका लागि ६ सय २ जना विद्यार्थी सहभागी हुँदैछन् । काभ्रे बहिरा विद्यालयका ९ जना बहिरा विद्यार्थीले परक्षिमा सहभागिता जनाउँदैछन् ।

यसैगरि प्राविधिकतर्फ १ सय ९६ विद्यार्थीगरी जिल्लामा कुल विद्यार्थी ६ हजार ३ सय ९१ विद्यार्थी सहभागी हुने जनाइएको छ । ३४ वटा केन्द्रमा २ सय १६ वटा विद्यालयका विद्यार्थी सहभागि हुनेछन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय