
काठमाडौँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनबाट उनी १ हजार १०२ मतसहित विजयी भएका हुन् ।
उनी स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन् । उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका रसिक लम्सालले ७१० मत ल्याए ।
सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले एक हजार ६४ मत ल्याएर निर्वाचित भए । कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकालले एक हजार ४२ मत ल्याएर निर्वाचित भएका छन् ।
यसअघि २०७९ सालको निर्वाचनमा एमाले निकट अनेरास्ववियुका विराज अर्याल निर्वाचित भएका थिए । उनी यो पटक समेत उम्मेदवार बनेका थिए । विजयी श्रेष्ठ भने २०७९ मा स्ववियु सदस्यमा निर्वाचित भएका थिए ।