काभ्रे । विश्व मुख स्वास्थ्य दिवस ‘स्वस्थ मुख ः सकारात्मक सोच’ भन्ने नाराका साथ जनस्वास्थ्य कार्यलय काभ्रेले दाँत तथा मुख स्वास्थ्यको महत्त्व तथा आवश्यकताको बारेमा संचारकर्मी र सरोकारवाला बीच अन्तर्क्रिया कार्यक्रम सम्पन गरेको छ ।
कार्यक्रममा जनस्वास्थ्य कार्यलय काभ्रेकी प्रमुख रागिश्री कक्षपती श्रेष्ठले श्रेष्ठले हामी सबैले मुखको स्वास्थ्यलाई खासै ध्यान नदिने बानी भएकाले सबै मुखको स्वास्थ्य सँग पिडित भएको बताईन् । उनले त्यसैले अब यसमा सवैले ध्यान दिन जरुरी रहेको बताईन् ।
कार्यक्रममा जनस्वास्थ्य कार्यलय कार्यलय काभ्रेकी डा.दिपा आचार्यले दाँतमा समस्या आउँदा वा गिजा तथा मुखमा सङ्क्मण हुँदा त्यसले अन्य असर समेत गर्ने भएकाले वर्षको ६–६ महिनामा मुख र दाँत परीक्षणको परीक्षण गराउनुपर्ने बताईन् । उनले अहिले मुख स्वास्थ्यका विषयमा मन्त्रालयले आवश्यक रणनीति बनाएको जानकारी दिदै स्वस्थ मुखका लागि आवश्यक जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपानेले स्वास्थ्य भित्रको मुख्य पाटो मुख जस्तो संवेदनशील विषयमा अन्तर्क्रिया महत्वपूर्ण भएको भन्दै जनमानसलाई लक्षित गरी यस्ता कार्यक्रम विस्तार गर्नुपर्ने धारणा राखेका छन् ।



















