सोमबार, बैशाख ०७, २०८३
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो?

काठमाडौं । आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला एक हजार र चाँदीको ३५ रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी प्रतितोला एक हजार नौ सय ९५ मा खरिदबिक्री भइरहेको छ। आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय