बेथानचोक खबर आठौं वर्षमा प्रवेश

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाबाट सञ्चालित बेथानचोक खबर आजबाट आठ वर्षमा प्रवेश गरको छ । २०७४ सालबाट प्रकाशन आरम्भ गरेको बेथानचोक खबर डटकम सातौं वर्ष पार गर्दैै आजबाट आठौं वर्षमा प्रवेश गरेको हो ।

लोकतन्त्र, नागरिक आवाज र स्वतन्त्रताको सच्चा पहरेदारका रुपमा स्थापित यस बेथानचोक खबर डटकमले काभ्रेपलाञ्चोक जिल्लाका विषयवस्तुलाई प्राथमिकता दिएतापनि देशैभरका विषयवस्तुलाई पनि स्थान दिदैँ आएको छ ।

आवाज बिहीनहरूको आवाज बनेको यस सञ्चार माध्यमले सूचनाको सम्बाहक र सत्य तथ्य समाचारलाई प्राथमकिता दिँदै प्रकाशनलाई थप विश्वासनिय बनाउने योजना बनाएको छ । मुलुकको राष्ट्रियता, अखण्डता र स्वाभिमान प्रति जिम्मेवार बन्दै आगामि दिनमा अझ सशक्त र क्रियशील रुपमा कलम चलाउने प्रतिबद्धता यस सञ्चार माध्यमले व्यक्त गरेको छ ।

सातौं वर्षको यात्रामा सहयोग गर्ने श्रद्वेय पाठकवर्ग, विज्ञापनदाता, सहकर्मी, शुभचिन्तक र अगाडि बढ्न हौसाउने बौद्धिक वर्गलाई बेथानचोक खबर डटकमको सम्पूर्ण परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेका छौँ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय