शनिबार, बैशाख ०५, २०८३
पत्रकारिताको थप नवीनता, विश्वसनीयता र उत्कृष्टताका साथ यात्रा जारी राखोस्

बेथानचोक खबर डटकम (www.bethanchokkhabar.com) लाई सात वर्षको अविराम र सफल यात्रा पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

काभ्रेपलाञ्चोक जिल्लाबाट सञ्चालित यो अनलाइनले विगत सात वर्षदेखि स्थानीय, क्षेत्रीय र राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाउँदै सुसूचित समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यो उपलब्धि केवल एक संख्याको गणना मात्र होइन, बरु सत्य, निष्पक्षता र जनचेतनाको लागि निरन्तर गरिएको प्रयासको प्रतीक पनि हो ।

आजको डिजिटल युगमा अनलाइन पत्रकारिताको महत्व र प्रभाव अतुलनीय छ । परम्परागत मिडियाको सीमालाई तोड्दै अनलाइन पत्रकारिताले सूचनालाई तत्काल र व्यापक रूपमा जनमानससम्म पु¥याउने शक्ति राख्छ । बेथानचोक खबर डटकमले पनि यो माध्यमको सही उपयोग गर्दै ग्रामीण भेगदेखि शहरी क्षेत्रसम्मका पाठकहरूलाई समयमै समाचार, विश्लेषण र विचार प्रदान गरेर समाजमा जागरूकता फैलाउने कार्य गरेको छ ।  सूचनाको पहुँचलाई लोकतान्त्रिक बनाउँदै हरेक व्यक्तिलाई आफ्नो अधिकार र कर्तव्यप्रति सचेत गराउने पुलको काम मिडियाले गर्नुपर्दछ ।

आगामी दिनमा पनि बेथानचोक खबर डटकमले अनलाइन पत्रकारिताको यो शक्ति र प्रभावलाई कायम राख्दै थप नवीनता, विश्वसनीयता र उत्कृष्टताका साथ आफ्नो यात्रा जारी राखोस् भन्ने कामना गर्दछु । यो डिजिटल मञ्चले समाजका हरेक तह र तप्कासम्म सकारात्मक प्रभाव पार्दै सत्यको खोजी र जनहितको पक्षमा अझ सशक्त रूपमा उभिन सकोस् । यो विशेष अवसरमा सम्पूर्ण सम्पादकीय टिम, पत्रकारहरू, र सहयोगीहरूलाई बधाई दिँदै थप ऊर्जा, उत्साह र सफलताको लागि शुभेच्छा व्यक्त गर्दछु । आठौँ वर्षको यो नयाँ अध्यायले बेथानचोक खबर डटकमलाई नयाँ उचाइमा पु¥याओस्—शुभकामना !

विनोद कुमार न्यौपाने
अध्यक्ष
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक

 

शुभकामना !

सिफारिस

ताजा समाचार

लोकप्रिय