काभ्रेपलाञ्चोक जिल्लालाई केन्द्र बनाएर सञ्चालित बेथानचोक खबर डटकम अनलाइन स्थापनाको ७ औं बर्ष पुरा गरी ८ औं बर्ष प्रवेश गरेकोमा बधाई सहित शुभकामना व्यक्त गर्दछु । ‘खबरमा तीब्रता अनि विश्वस्नीयता ’ नारा दिएर शुरु भएको अनलाइन आफ्नो नारामा खरो उत्रियोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु ।
सुचना प्रविधीको क्षेत्रमा अहिले विश्व परिवेश फरक भइसकेको छ । मानिसहरुले सेकेण्ड सेकेण्डमा अपडेट खोजिरहेका छन् । सूचना र प्रविधीको यूगमा डिजिटल मिडियामा अहिले सबैको चासो र रुचि छ । भोलिपल्ट प्रकाशित हुने दैनिक पत्रिकाका समाचारजन्य बिषयबस्तु आफै पुराना भइसकेका लाग्छन्, अनलाइनको पहुँच र प्रयोगले । सोही कारण, छापा सञ्चार माध्यमले पनि आफूलाई अनलाइन संस्करणमा ढाल्न बाध्य भइरहेका छन् ।
अझ अहिले त अनलाइनका समाचारमा पनि मानिसहरुको रुची छैन । सहजै र पल पलमा अपडेट हुन सक्ने अनलाइन सञ्चार माध्यममा आम उपभोक्ताको चासो र रुचि छ । अनलाइनहरुले सामाजिक सञ्जालमार्फत प्रशारण गर्ने सट् भिडियो, रिल्स लगायतका मल्टिमिडिया कन्टेन्टमा सबैको रुचि छ । जसले त्यो जानेन वा गरेन, त्यो पछि पर्योे ।
सुरज श्रेष्ठ लगायत काभ्रेको पत्रकारिता क्षेत्रमा सम्भावना बोेकेका युवाहरुको समूहले शुरु र सञ्चालन गरिरहेको अनलाइनको व्यवसायिक सफलताको कामना गर्दछु । जिल्लाका विषयबस्तुलाई अझ व्यापक र परिष्कृत गर्नु आवश्यक छ । खोजी, अनौपचारिक, सामाजिक बिषयबस्तुलाई प्राथमिकता दिने हो भने अनलाइन अझै फरक बनाउन सकिन्छ । मल्टिमिडिया सामाग्रीलाई जोड दिनुपर्छ । अनलाइन र टिमको व्यवसायिक सफलता र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
नगेन्द्र अधिकारी
अध्यक्ष
नेपाल प्रेस युनियन, काभ्रेपलाञ्चोक



















